Friday, August 5, 2011

"जब शब्दमा भाव उत्रन थाल्छन्" : मनोवाद्

घरि घरि त लाग्छ - यहां जित्नेहरु हारिरहेका छन् अनि हार्नेहरु जितिरहेका छन् । जित र हार, विजय र पराजय को यो त्यान्द्रोमा मेरा पाइला अचानक अल्झिन्छन्, म किंकर्तव्यविमूढ हुन्छु अनि प्रश्न को मेघगर्जन ले म आफै कम्पित् भए झै प्रतित् हुन्छ मानौ कुहिरोको काग म भित्रै हराइरहेको छ, मै भित्रको कुनै बिरुवा जल सेचन सगैं फक्रने आशमा छ । यसैले त सल्कन्छन् बेजोड संग जिजिविषा का मैन बत्तीहरु । नकोरिएका रेखा हरु कोरु झै लाग्छ । किन्तु छुट्याउनै पो सकिन हो अजै सम्म - यो धरातल जहा म उभिएकी छु, यो पानी हो या पत्थर्, रेखा को डोबै नबस्ने बालुवा हो या चटान । नदेखिएका सत्य हरु मेरो पनि दर्शनको प्रतिक्षामा छन् । देखिएतापनि यी सत्यहरु कहिलेसम्म पो कैद होलान् र, साचि । यसै बिच "खालिल् गिब्रान्" साउती मार्छन् समिपै आएर । कतै 'The Prophet' मा चित्रित् कुकुर् कै गति त हुने होइन । यो सपना आजको होइन । ज्ञात छ ! यहा सढेका छन्, त्यस्ता अनगिन्ति कुकुर् हरु गल्लि गल्लि मा, इतिहास् को गल्लिमा सदियोदेखि! अहिले पनि छन्, तपाइकै अगाडि हुदा हुन्, तपाइ कै पछाडि । ताल भिन्न छ, सार एउटै । शैलि फरक छ, गन्तव्य दुरुस्तै ।